प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले यो आदेश जारी गरेको हो।

किन गरियो मुद्दा दर्ता?

कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । श्रेष्ठले भदौ ६ गते आफ्नो फेसबुक पेजमा ‘भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने’ भन्ने आशयको अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको आरोप निवेदनमा लगाइएको छ । निवेदनमा श्रेष्ठको उक्त भनाइले न्यायपालिकाको गरिमामा आँच आएको र अदालतको अवहेलना भएको दाबी गरिएको छ। अदालतले अब श्रेष्ठको लिखित जवाफ आएपछि यस विषयमा थप सुनुवाइ अगाडि बढाउनेछ।


सम्बन्धित समाचार