१७ भदौ,जनकपुरधाम । मधेसी स्वास्थ्यकर्मी फोरमको मधेस प्रदेश अध्यक्षमा विनोद यादव दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। जनकपुरधाममा आइतबार सम्पन्न फोरमको दोस्रो अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजीव कुमार यादव, चुनचुन प्रसाद यादव र बबिता यादव निर्वाचित भएका छन्। यसैगरी, महासचिवमा भगिरथ चौधरी, सचिवमा शशीकान्त प्रसाद र कोषाध्यक्षमा रन्धिर कुमार यादव चयन भएका छन्।
फोरमले यस अधिवेशनमार्फत मधेस प्रदेशभरिका स्वास्थ्यकर्मीहरूको हकहित र पेसागत अधिकारका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, प्रदेशको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनका लागि पनि पहल गर्ने बताएको छ।
अध्यक्ष यादवले स्वास्थ्यकर्मीहरूबीच एकता र संगठनलाई थप बलियो बनाउँदै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन फोरम निरन्तर सक्रिय रहने बताए।

















