प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ भदौ,वीरगञ्ज । वीरगञ्जमा देखिएको हैजाको जोखिमलाई ध्यानमा राख्दै बाराको कलैयामा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

आज (मंगलबार) ज्ञानदीप बोर्डिङ स्कुलको आयोजनामा हैजा रोकथाम र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले र्‍याली निकालिएको हो। विद्यालय प्राङ्गणबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।

र्‍यालीमा सहभागी विद्यार्थीहरूले प्लेकार्ड बोकेर “स्वच्छ पानी पिउनुहोस्, सरसफाइमा ध्यान दिनुहोस्, हैजाबाट जोगिनुहोस्” जस्ता सन्देशहरू दिएका थिए। उनीहरूले उमालेको वा फिल्टर गरेको पानी पिउने, व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिने, शौचालयको सही प्रयोग गर्ने, साबुन पानीले हात धुने र हैजाका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेजस्ता व्यवहारिक सुझावहरू दिएका थिए।

यस किसिमको जनचेतनामूलक कार्यक्रमले हैजाजस्ता सरुवा रोगको रोकथाममा सहयोग पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार