Logo

प्रतिकात्मक चित्र

१८ भदौ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा आज एउटा दुखद घटना भएको छ ।

पद्मकान्त मोडबाट पुतलीसडकतर्फ आइरहेको एउटा माइक्रो बसले ठक्कर दिँदा ५ वर्षीया बालिका आशिका तामाङको ज्यान गएको छ। प्रहरीका अनुसार पैदल हिँडिरहेकी बालिकालाई माइक्रो बसले ठक्कर दिएको थियो । लगत्तै उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बालिकाको स्थायी ठेगना खुल्न बाँकी छ ।

यो घटनापछि पुतलीसडक क्षेत्रमा केही समयसम्म ट्राफिक जाम भएको थियो, जसले गर्दा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै