Logo

१८ भदौ,वीरगञ्ज । बारामा प्रहरीले विशेष अभियानको क्रममा झण्डै ५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पूर्वटोलमा आज बिहान प्रहरीले विशेष जाँचको क्रममा गाँजा बरामद गरेको हो। पक्राउ पर्ने व्यक्ति जितपुरसिमरा–११ खेस्रोल निवासी २० वर्षीय मुना यादव रहेको बारा प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बिहान साढे ७ बजेतिर पथलैयाबाट जैतापुरतर्फ गइरहेको बीआर–०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनि बनाइएको विशेष ‘फल्स बटम’ (गुप्त कक्ष) भित्र लुकाइ छिपाइ ल्याइएको अवस्थामा झण्डै ५ किलो गाँजा फेला परेको हो।

प्रहरी टोलीको नेतृत्व असई राजहरण यादवले गरेका थिए। बाराका प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङका अनुसार, बरामद गाँजासहित मुना यादवलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।

हाल यादव प्रहरी हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै