Logo

१० भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने जघन्य अपराधको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ।

जिल्ला अदालत काठमाडौंमा करिब दुई वर्षदेखि विचाराधीन रहेको यस मुद्दाले अब अन्तिम रूप लिने भएको छ। सरकारी वकिलको कार्यालयले ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाभन्दा बढी व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस प्रकरणमा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्रीसहित विभिन्न सरकारी अधिकारी र बिचौलियाहरू संलग्न रहेको आरोप लागेको थियो ।

यसअघि, जिल्ला अदालतले केही अभियुक्तहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने केही पछि उच्च अदालतबाट धरौटीमा रिहा भएका थिए। साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि यो मुद्दालाई अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामो समयदेखि न्यायको प्रतीक्षामा रहेको यो संवेदनशील मुद्दाको अन्तिम फैसलाले यस प्रकरणमा संलग्न दोषीहरूलाई कानुनको दायरामा ल्याउने विश्वास गरिएको छ।

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै