Logo

१८ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले बुधबार बिहान छापा मारेको छ। छापाको क्रममा अख्तियारको टोलीले मुद्दा फाँटका कर्मचारी (नासु) ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, भण्डारीमाथि घूस लिएको आशंकामा निगरानी गर्दै आएको र पर्याप्त प्रमाणसहित कार्यलयमै रंगेहात पक्राउ गरिएको हो।

छापा पछिको प्रारम्भिक जानकारीमा अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले टोली काभ्रेमा पुगेको पुष्टि गर्दै भने, “टोलिले पक्राउ गरिएको पुष्टि भएको छ। थप विवरण र अनुसन्धानको जानकारी टोली काठमाडौं फर्किएपछि सार्वजनिक गरिनेछ।”

अहिले भण्डारीलाई अख्तियारको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै