१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै उनीहरूले बैठक बहिस्कार गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि रास्वपाका सांसद हरि ढकालले बोल्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ुदलीयकरणु गरिएको आरोप लगाए । उनले दलगत स्वार्थका कारण जनताले उठाएको महत्वपूर्ण मुद्दामा छानबिन नभएको बताए ।
त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउको बजार सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । दुवै दलका सांसदहरूले आ–आफ्नो धारणा राखेपछि उनीहरू बैठकबाट बाहिरिएका थिए ।
रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि नै भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसदमा निरन्तर विरोध गर्दै आएका छन् ।















