Logo

१८ भदौ,सेढवा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्ताको आयोजनामा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।

वीरगञ्ज सामुदायिक आँखा केन्द्रको सहयोगमा सम्पन्न उक्त शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले परीक्षण गरेकोे विद्यालयले जनाएको छ । शिविरमा ४ सय ९५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको डा. चौरसियाले जानकारी दिए ।

मोतियाबिन्दु पीडित बिरामीलाई निःशुल्क शल्यक्रिया गरी लेन्स प्रत्यारोपण गरिने विद्यालयका प्रधानाध्यापक खेमराज चौधरीले बताए । विद्यालयका तर्फबाट यस किसिमका स्वास्थ्य शिविरले विद्यार्थी मात्र नभई अभिभावकलाई पनि प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ ।

 


सम्बन्धित समाचार