Logo

१८ भदौ, काठमाडौं । सेयर बजारमा आज गिरावट आएको छ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक १५ दशमलव ५९ अंकले घटेर २७२६ दशमलव ३७ अंकमा सीमित भएको छ ।

आज बजारमा कुल ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कुल २४२ कम्पनीमध्ये २१३ कम्पनीको सेयर मूल्य घट्यो भने ३९ कम्पनीको मात्र मूल्य बढ्यो । बजारमा आज हाइड्रो समूहका कम्पनीहरू अग्रपङ्क्तिमा देखिए । युनियन हाइड्रोपावरले सर्वाधिक ३३ करोड ८० लाख रुपैयाँको कारोबार गर्‍यो। यद्यपि, लिबर्टी इनर्जी र छ्याङ्दी हाइड्रोपावर जस्ता हाइड्रो समूहका अन्य कम्पनीहरूले भने सबैभन्दा धेरै गिरावट बेहोरे ।

आज म्युचुअल फन्ड बाहेक सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा बढी गिरावट हाइड्रो समूहको परिसूचकमा ०.९३ प्रतिशतले देखिएको छ ।


सम्बन्धित समाचार