१८ भदौ, काठमाडौं । भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दूध किसानहरूले आन्दोलन स्थगित गरेका छन् ।
सरकार र आन्दोलनरत किसानका प्रतिनिधिबीच कात्तिक मसान्तसम्ममा सम्पूर्ण भुक्तानी गरिसक्ने सहमति भएपछि आन्दोलन रोकिएको हो । केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ र नेपाल डेरी एसोसिएसनलगायतका संस्थाहरूले किसानको बक्यौता रकम भुक्तानीको माग राख्दै आन्दोलन गरिरहेका थिए । अब यो सहमतिसँगै किसानहरूले राहतको महसुस गरेका छन् र डेरी उद्योगमा देखिएको समस्या पनि तत्कालका लागि समाधान भएको छ।

















