१९ भदौ,काठमाडौं । नेपाली बजारमा आज (भदौ १९, बिहीबार) सुनचाँदीको मूल्य स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुन र चाँदी दुबैको मूल्यमा कुनै फेरबदल गरिएको छैन।
बुधबारको दरअनुसार छापावाल सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहँदा, चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
यसअघि लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य गएको सातादेखि उकालो लागिरहेको थियो। भदौ १३ गते शुक्रबारदेखि लगातार वृद्धि हुँदै आएको सुनको भाउ मंगलबार (भदौ १७) मा २,०५,९०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको कारोबार प्रत्याउंस ३,५३२ अमेरिकी डलरमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विश्लेषकहरूका अनुसार भूराजनीतिक तनाव, मुद्रास्फीति, र डलरको अवमूल्यनजस्ता कारणले सुनको भाउ उच्च विन्दुमा रहन गएको हो।
सुनचाँदीमा लगानी गर्नेहरूको ध्यान अहिले स्थिर बजार मूल्य र अन्तर्राष्ट्रिय बजारको उतारचढावतर्फ केन्द्रित छ।















