Logo

१९ भदौ, काठमाडौं । नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाले एक थान स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आज बिहान जंगीअड्डामा आयोजित एक विशेष कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई ती दुई महत्वपूर्ण साधनहरू हस्तान्तरण गरेका हुन् । यस सहयोगले नेपाली सेनालाई विशेषगरी विपद व्यवस्थापन र स्वास्थ्य सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । हस्तान्तरण गरिएका यी साधनहरूमध्ये एयर एम्बुलेन्स घाइते तथा बिरामीको तत्काल उद्धारका लागि प्रयोग हुनेछ भने स्काई ट्रकले दुर्गम क्षेत्रमा खाद्यान्न र अन्य आवश्यक सामग्रीको ढुवानीमा ठूलो सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षा मन्त्री मानवीर राईको पनि उपस्थिति थियो। यस सहयोगलाई नेपाल र अमेरिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै