Logo

१९ भदौ,काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई आज एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दज्र्यानी चिह्न लगाइदिएका हुन्।

दज्र्यानी चिह्न ग्रहणपछि आईजीपी खापुङले आफूलाई सुम्पिएको जिम्मेवारी निष्ठा, पेसागत अनुशासन र पारदर्शिता भावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “नेपाल सरकार, गृहमन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठा, पेसागत अनुशासन र पारदर्शिता भावका साथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्छु।”

खापुङले प्रहरी सेवामा प्रवेशको ३ दशक लामो संघर्षको स्मरण गर्दै, नेपाल प्रहरीजस्तो पवित्र सेवालाई स्वइच्छाले रोजेको उल्लेख गरे। आईजीपी खापुङले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेर कार्यभार सम्हाल्ने तयारी गरेका छन्। सरकारले भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको हो।

यसअघि प्रहरी महानिरीक्षक रहेका दीपक थापा हिजोदेखि अनिवार्य अवकाशमा गएका छन्।


सम्बन्धित समाचार
भर्खरै