Logo

१९ भदौ, काठमाडौं । राजधानी काठमाडौँमा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न नेपाल प्रहरीले एक नयाँ अभियान सुरु गरेको छ ।

‘ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ नाम दिइएको यस अभियान अन्तर्गत अनावश्यक ठूला आवाजहरूमाथि नियन्त्रण गरिनेछ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरु गरेको यो अभियान विशेषगरी रात्रि समयमा हुने ध्वनि प्रदूषणमा केन्द्रित छ। प्रहरीले लाउडस्पीकर, साउन्ड बक्स, डीजे र अन्य ठूला आवाज निकाल्ने सामग्रीहरू प्रयोग नगर्न अनुरोध गरेको छ । यति मात्र होइन, प्रहरीले बिहान ५ बजेदेखि ७ बजेसम्म ठूलो आवाजमा कुराकानी नगर्न र मोटरसाइकल वा सवारी साधनको अनावश्यक हर्न नबजाउन पनि आग्रह गरेको छ ।

सुक्ष्म पक्षमा पनि ध्यान

प्रहरीले प्रदूषण नियन्त्रणका लागि सामान्य लाग्ने तर दैनिक जीवनमा ठूलो प्रभाव पार्ने विषयहरूलाई पनि समेटेको छ । राति अबेरसम्म कुकरमा सिठ्ठी नलगाउन, शौचालयको फ्लस गर्दा ठूलो आवाज नआओस् भनी ध्यान दिन र सिँढी प्रयोग गर्दा पनि आवाज कम गर्न प्रहरीले अनुरोध गरेको छ । यो कदमले ध्वनि प्रदूषणलाई सूक्ष्म रूपमा पनि नियन्त्रण गर्न खोजिएको देखिएको छ ।

यो अभियानले राजधानीबासीको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, तर यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु प्रहरीका लागि ठूलो चुनौती पनि हुनेछ ।


सम्बन्धित समाचार
भर्खरै