पानीको अभाव
भदौ महिना आधा वितिसक्दा पनि मधेशमा बर्खायाम लागेको छैन । कहिले काही समान्य पानी पर्छ बाकी सयम चर्काे घाम नै छ । पानी पर्दा समान्य राहत महशुस हुन्छ तर त्यो क्षणिक मात्र भईरहेको छ । बेला बखतको समान्य पानी र बाकी समय चर्काे घाम लाग्दा उकुस मुकुस भईरहेको छ वीरगञ्जबासीलाई । मौषमको उकुस मुकुस त छदै छ यहाँको राजनितिले पनि उकुस मुकुस बनाएको छ । गर्मीयाम शुरु भए देखि पानीको अभाव शुरु भयो त्यही बेला देखि शुरु भएको राजनितिले पनि वीरगञ्ज वासीलाई झन उकुस मुकुस बनाएको छ ।
पानीको अभाव शुरु भए पछि पानी वितरण कार्यको शुरुवात गरिएको थियो । चापाकल सुकेको क्षेत्रमा खानेपानी संस्थानको पानी वितरण प्रणाली विस्तार, सरकारी तथा विभिन्न राजनितिक व्यतिmबाट पानी टयाकर तथा स साना टंकी मार्फत पानी वितरण कार्य गरिएको थियो । यसमा सवै भन्दा गजबको कुरा के थियो भने पानी वितरण गर्दा सरकारी निकायले गरे पनि त्यसमा आफनो फोटो लगाउने र मैले गरेको भनेर देखाउन कोही पछाडी परेनन । व्यतिm लगानीमा वितरण गरेकाहरु प्रचार गर्दा त ठिकै थियो तर पालिकाको बजेटबाट वितरण हुने पानीमा पनि फोटो चिप्काउने काम गजबले भयो ।
खानेपानीको अभाव झेली रहेको वीरगञ्जबासीले जसोतसो गरी पानीको जाहोमा लागे । वीरगञ्जको पानीको अभावका समाचारहरु बाहिर आए । स्थानीय सरकार, प्रदेश सरकार हुदै संघिय सरकारको कान सम्म पानीको अभावको कुरा पुग्यो । सरकारहरु पनि के कम सुख्खा र संकटग्रस्त क्षेत्र घोषणा गरे र समाचार पनि ठुला अक्षरहरुमा आएर त न भन्या जस्तो पानी आयो न त सरकारले घोषणा गरेको राहत ।
यी कुराहरुले वीरगञ्जबासीको मनमा उकुस मुकुस भने भईरहयो । कसलाई सुनाउने ? कसलाई खराब भन्ने ? कुन सरकारलाई राम्रो भन्ने ? घाटी सम्म आएका कुराहरु पनि पोख्न सकिएको छैन । केही भनौ भने आउन लागेका डिपबोरिनको पानी पनि बन्द होला, भईरहेको काम पनि रोक्यो भने पानी विना जिन्दगानी कसरी चलाउन मनमा डर भईरहयो ।
हैजा
पानीको अभाव झेलीरहेको वीरगञ्जमा पछिल्लो हप्ता झाडापखाला तथा हैजाका विरामीहरु अस्पतालमा पुगे । वीरगञ्जमा हैजा भएको समाचारहरु हैजा जस्तै फैलिए । समाचार पढदा पनि विश्वास गरौ की नगरौ जस्तो भयो । खास गरी काठमाडौ केही संचार माध्यमले हैजा भन्दा पनि समाचारबाट डर लाग्ने खालका समाचारहरु प्रकाशन तथा प्रशारण गरे ।
समाचारका श्रोतहरु दुई भागमा ध्रुविकरण भए । वीरगञ्जका स्थानीय र केही बाहिरी संचार माध्यमहरुले वीरगञ्ज झाडापखालाका विरामीहरु भेटिएको तर अवस्था समान्य रहेको बताई रहे भने वीरगञ्ज बाहिरका संचार माध्यमले वीरगञ्जमा हैजाले मान्छे मरेको र अवस्था भयावह रहेको दर्शाई रहे ।
त्यती मात्र होईन आफुलाई कस्तो खालको बाईट चाहिन्छ त्यस्तै खालको बाईट खोज्ने र प्रशारण गर्ने कामहरु पनि भयो । हुन त यहाका सरकारी निकायहरुले पनि आ आफनो तरिकाले तथ्यांकहरु प्रस्तुत गरे । एउटै अस्पतालका फरक डाक्टहरुको फरक कुराहरु आए । अस्पतालमा भर्ना भएका विरामी र विरामीका कुरुव भन्दा पनि समाजिक संजालका विज्ञहरु बढी मन्तव्य दिएको देखियो ।
यो सव हेरिरहेका वीरगञ्ज वासी अलमलमा परे । खासमा वीरगञ्जमा के भईरहेको छ वीरगञ्जबासी नै रनभुल्लमा परे । झाडापखाला तथा हैज फैलिएको छ वीरगञ्जमा यहाँ समान्य रुपमा लिईरहेका छन तर समाचार हेर्दा वीरगंज पुरा बर्वाद भएको जस्तो लाग्थ्यो ।
अस्पतालमा अनुगमन
यसपाली वीरगञ्जमा गजबको अनुगमन देखियो । झाडापखाला तथा हैजा लागेका विरामीहरु अस्पताल पुग्न थाले पछि अस्पताल अनुगमनको शिलशिला शुरु भयो । स्थानीय सरकार, सम्बन्धित क्षेत्रका प्रदेश सभा सदस्य, सांसद तथा सम्बन्धित मन्त्री त अस्पतालको अनुगमनका जानुलाई जवाफदेहि मान्न सकिन्छ तर यहाँ तर अनुगमनको शिलशिला नै चल्यो ।
खास गरी नारायणी अस्पतालमा दिनहु मन्त्री ज्यूहरुको अनुगमन शुरु भयो । मन्त्री जी आउदाँ वहासंग सन्त्रीजीहरुको भीड हुने नै भयो । मन्त्री आउनु भन्दा पहिले वहाँका कार्यकर्ताहरु अस्पतालमा गएर विरामीहरुसंग फोटो खिचाउने र सामाजिक संजालमा राखेको देख्दा पर्दा भित्र रहेको वीरगञ्जको घण्टारलाई पनि प्रश्न गर्न मन लागेको होला तर कसरी प्रश्न गर्ने ? कसलाई प्रश्न गर्ने धेरै जना यहि लाईनमा पर्छन ।
स्वास्थ्य मन्त्री देखि गृहमन्त्रीले अस्पतालको अनुगमन गर्नु भयो तर अनुगमन पछि के भयो थाहा छैन । अरु कार्यक्रमका लागि पर्सा बारामा आएका मन्त्री तथा केद्रिय नेताहरु नारायणी अस्पतालमा पुगेर अनुगमन गर्नु भयो यो सव हेरि रहन वीरगञ्ज जनता विवश छन । केही बोलौ भने तीन कार्यकर्ताहरुको सामना गर्न सवैमा आट छैन त्यसैले वीरगञ्ज उकुसमुकुसमै बाचिरहेको छ ।
अडियो काड र विभाजित समुदाय
मधेशको गर्मी, पानीको अभाव, झाडापखाला तथा हैजा महामारीको विच अहिले अडियो काण्डले वीरगञ्जको माहौल झन उकुसमुकुस भएको छ । केही दिन पहिला सार्वजनिक भएको मन्त्री प्रदिप यादव र टिकटकर तथा कलाकार किरण साह विच भएको सम्वाद बाहिरिएको थियो ।
अडियोकोमा किरण साहले मन्त्री प्रदिप यादवसंग चर्काे स्वरमा प्रश्न गरेका थिईन । उनले उठाएको मुद्धा भन्दा पनि उनले बोलेको भाषा र शैलीको बारेमा चर्चा भईरहेको छ । हुन त उनी अहिले त्यही अडियो काण्डा मन्त्रीको सचिवालयले दिएको उजुरीको आधारमा प्रहरी हिरासतमा छिन ।
सामाजिक संजाल, संचार माध्य तथा भौतिक रुपमा पनि किरणलाई कार्वाही गर्नु पर्ने र कार्वाही गर्न नहुने पक्षमा आवाजहरु उठी रहेका छन । एउटा जसपा कार्यकर्ताले उनको पक्षमा प्रदर्शन गरे भने अर्काे जसपाले उनलाई कार्वाही गर्नु पर्ने भन्दै प्रदर्शन गरेका छन । यसरी पक्ष र विपक्षामा कुराहरु आईरहदाँ समान्य नागरिक तथा नागरिक समाज बोल्न सक्ने अस्था छैन वीरगञ्जमा ।
मनमा लागेको कुरा बोलौ वा लेखौ भने कुन पक्षले राम्रो र कुन पक्षले नराम्रो भन्ने मनमा डर छ यहाँका नागरिकलाई । बोलिहाल्ने माहौल छै्रन वीरगञ्जमा । संचार माध्यमले पनि पक्ष र विपक्षमा बाडिएका कारण आम नागरिक अलमलमा परेका छन । त्सैले वातावरण र राजनितिक माहौल दुवैले गर्दा वीरगञ्ज अहिले उकुसमुकुसको अवस्थामा छ ।पक्राउ परेकी किरण साह पाँच हजार धरौटीमा रिहा भएकी छिन्। साहविरुद्ध सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेपछि अदालतबाट उनी पाँच हजार धरौटीमा रिहा भएकी हुन्।
वीरगञ्जबासीको चाहना
राजनितिक कार्यकर्ताले कोही किरणको रिहाई त कोही किरणलाई कार्वाही चाहे पनि वीरगञ्ज बासीले स्वच्छ खानेपानी चाहेका छन । वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको कारण चाहेका छन । के कारणले संक्रमण भयो त्यो कारण सरकारले पता लगाएर जानकारी गराओस चाहेका छन ।
हैजा विरामीलाई भन्दा पनि आफनो कार्यकर्तालाई भेटन आएका नेता तथा मन्त्रीहरुको अनुगमनमा कार्यकताहरु रमाएका होला तर आम नागरिकलाई मन्त्रीको भ्रमण भन्दा पनि मन्त्री परिषदको निर्णय के भयो त्यो चाहेका छन ?

















