Logo

२० भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ।

बैंकले असोज १० गते, पोखरास्थित होटल पोखरा ग्राण्डमा २७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

लाभांश र प्रमुख एजेन्डा

साधारण सभाले बैंकको कुल चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका अतिरिक्त, सभामा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुनेछ ।

बुकक्लोज मिति

साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, भदौ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।


सम्बन्धित समाचार
भर्खरै