Logo

२० भदौ, काठमाडौं । चतकर्ताको करिब २२ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासले शुक्रबार गुरुङलाई ३५ लाख रुपैयाँ धरौटी बुझाए रिहा गर्न आदेश दिएको हो । अदालतले गुरुङ कसुरदार ठहर हुन सक्ने अवस्था देखिए पनि उनी ८१ वर्षीय ज्येष्ठ नागरिक भएको, उनको स्वास्थ्य अवस्था र आरोपित कसुरको प्रकृतिलाई ध्यानमा राख्दै तत्काल थुनामै राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।

यस प्रकरणमा मितेरी सहकारीले बचतकर्ताहरूको साँवा–ब्याजसहित करिब १४ करोड र पदाधिकारीहरूबाट थप रकम गरी कुल २२ करोड रुपैयाँ ठगी गरेको आरोप छ । यसअघि नै सोही इजलासले यो प्रकरणका अन्य दुई अभियुक्त, ज्योति भण्डारी र सुवास खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

 

 

 

 

 

 


सम्बन्धित समाचार
भर्खरै