Logo

२० भदौ, काठमाडौं । नेपालमा दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू अब वल्र्ड लिंक मार्फत पनि बन्द भएका छन्। वल्र्ड लिंक कम्युनिकेशन्स लिमिटेडले एक सूचना जारी गर्दै नेपाल सरकारको निर्देशनअनुसार ती प्लेटफर्महरू अब आफ्नो नेटवर्कमा नचल्ने जानकारी दिएको हो।

यसअघि नेपाल टेलिकम र एनसेलले पनि नेपाल दूरसञ्चार प्राधिकरणको पत्र, सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयको आधारमा यस्ता सामाजिक सञ्जालहरू निष्क्रिय गरिसकेका थिए।

प्राधिकरणले बिहीबार सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई पत्राचार गर्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गर्न निर्देशन दिएको थियो। तीमध्ये फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप जस्ता लोकप्रिय सञ्जालहरू पनि समावेश छन्।


सम्बन्धित समाचार