Logo

२० भदौ,वीरगञ्ज । महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयमा दिइएको ८८दिवा खाजा (टिफिन)८८मा छेपारो भेटिएपछि करिब ६० जना बालबालिकालाई अस्पताल लगिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार, आज दिउँसो खाजा खाँदै गर्दा एक विद्यार्थीको प्लेटमा छेपारो भेटिएको थियो। ती विद्यार्थीले घटना कसैलाई नबताई खाजा नखाईकन घर फर्किएको र त्यसपछि अभिभावकमार्फत विद्यालयले घटना थाहा पाएको हो।

खाजा खाएका केही बालबालिकाले वाकवाकी लागेको गुनासो गरेपछि अभिभावक र विद्यालय प्रशासनको पहलमा सबैलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको हो।

अस्पतालको आकस्मिक कक्षका इन्चार्ज शरद यादवका अनुसार, “हामीले सबै बालबालिकाको स्वास्थ्य परीक्षण गरेका छौं। हालसम्म गम्भीर असर देखिएको छैन। अभिभावकको चिन्ता र सतर्कता स्वरूप बालबालिकालाई अस्पतालको निगरानीमा राखिएको हो।”
घटनापछि केही अभिभावकले विद्यालय व्यवस्थापनप्रति लापरवाहीको आरोप लगाउँदै खानाको गुणस्तर र सरसफाइमा ध्यान दिनुपर्ने माग गरेका छन्। विद्यालय व्यवस्थापन समितिले भने तत्काल छानबिन गरेर आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै