Logo

२१  भदौ,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बर्खाका कारण स्थगित गरिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित अभियान आज (भदौ २१) बाट पुनः सुरु गर्ने भएको छ।

यसअघि जेठ २ गते बैतडीको पाटनबाट अभियानको सुरुआत गरिएको थियो। तर, बर्खाको मौसमले अवरोध गरेपछि जेठ १२ गते पोखरामा अभियान अस्थायी रूपमा स्थगित गरिएको थियो।

पार्टीको स्थायी समिति बैठकले साउन १६ र १७ गते बसेको निर्णयअनुसार बाँकी जिल्लामा अभियान भदौ २१ गतेदेखि पुनः सुरु गर्ने निर्णय गरेको हो।

पुनः सुरु हुने अभियानको औपचारिक कार्यक्रम आज दिउँसो ३ बजे पोखरा महानगरपालिका–रुपा १ स्थित स्यास्त्री शहीद पार्कबाट सुरु गरिने माओवादी केन्द्रले जनाएको छ।

पुष्पलाल लोकमार्गलाई रणनीतिक, भौगोलिक र विकासका दृष्टिले महत्व दिँदै माओवादी केन्द्रले यसको निर्माण, संरक्षण र प्रचार–प्रसारमा विशेष अभियान सञ्चालन गर्दै आएको छ।

पार्टी स्रोतका अनुसार अभियान अन्तर्गत स्थानीय जनसमुदायसँग संवाद, जनप्रतिनिधि र सरकारी निकायसँग समन्वय, र स्थानीय तहमा जागरण कार्यक्रमहरू गरिने छन्।


सम्बन्धित समाचार
भर्खरै