Logo

२२ भदौ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने भएका छन्। उनको स्थानमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहभागी हुने वासिङ्टनले सार्वजनिक गरेको छ।

यससँगै राष्ट्रपति ट्रम्पले आगामी वर्ष जी–२० सम्मेलन अमेरिकामा आयोजना गर्ने घोषणा पनि गरेका छन्। उनले सम्मेलन स्थलका लागि मियामी नजिकैको आफ्नै ट्रम्प नेसनल डोरल गल्फ क्लब चयन गरिएको जानकारी दिएका छन्।

व्यक्तिगत व्यवसायसँग जोडिएको स्थलमा सम्मेलन गर्न लाग्दा उठ्न सक्ने प्रश्नबारे ट्रम्पले कुनै आर्थिक लाभ नहुने स्पष्ट पार्दै पारदर्शिता सुनिश्चित गरिने बताएका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि जी–७ शिखर सम्मेलन डोरल रिसोर्टमा गर्ने योजना सार्वजनिक गरेका थिए। तर, स्वार्थ द्वन्द्व र संविधान विपरीत हुने भन्दै आएको आलोचनापछि सो निर्णय त्याग्नुपरेको थियो।


सम्बन्धित समाचार
भर्खरै