२२ भदौ, काठमाडौँ । इजरायली सेनाले योजनाबद्ध आक्रमणअघि गाजा शहरका बासिन्दालाई क्षेत्र छाड्न निर्देशन दिएको छ। सेनाले आक्रमणको समयसीमा नतोकी आगामी कारबाहीबारे घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।
सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् गाजाका नागरिकलाई चाँडै मानवीय क्षेत्रतर्फ सर्न आग्रह गरेका छन्। बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच पनि इजरायलले गाजा वरपर आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार गएको महिना अनिकाल घोषणा गरिएको गाजा शहर र वरपर हाल करिब १० लाख मानिस बसोबास गर्दै आएका छन्। आक्रमण निरन्तर रह्यो भने यसले गम्भीर मानवीय संकट निम्त्याउने चेतावनी राष्ट्रसंघले दिएको छ।

















