२२ भदौ,काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाला सुनको मूल्य तोलाको रु. २ लाख १२ हजार पुगेको छ। यो मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको तुलनामा रु. १ हजार ६०० ले बढी हो। शुक्रबार सुनको मूल्य रु. २ लाख १० हजार ४०० मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ उचाइ छोएको छ। महासंघका अनुसार, आइतबार चाँदी तोलाको रु. २ हजार ५ सय मा कारोबार भइरहेको छ। शुक्रबार यो मूल्य रु. २ हजार ४ सय ९० थियो।
लगातार बढ्दो मूल्यका कारण आम उपभोक्तासँगै व्यवसायीहरू पनि सतर्क हुन थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव, डलरको भाउ, तथा भूराजनीतिक प्रभावहरूले सुनचाँदीको मूल्यमा प्रत्यक्ष असर पारिरहेको व्यवसायीहरूको भनाइ छ।















