Logo

२२ भदौ, काठमाडौं। लगानीकर्ता र कम्पनीहरूको वित्तीय कारोबारमा थप पारदर्शिता ल्याउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ नियम लागू गरेको छ ।

अब एउटै लगानीकर्ताले कुनै पनि सूचीकृत कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा त्यसको जानकारी नेप्सेलाई तुरुन्तै दिनुपर्ने भएको छ । यो नयाँ व्यवस्थाअनुसार, सम्पूर्ण सूचीकृत कम्पनीहरूले आफ्नो वित्तीय विवरणसहित १९ प्रकारका जानकारी नेप्सेमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

नेप्सेका प्रमुख निर्देशनहरू

कुनै व्यक्ति वा संस्थाले कम्पनीको ५५ वा सोभन्दा बढी सेयर खरिद गरेमा तुरुन्तै नेप्सेलाई जानकारी गराउनुपर्ने। आर्थिक वर्ष सकिएको पाँच महिनाभित्र लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेस गर्नुपर्ने। त्रैमासिक वित्तीय विवरणहरू (प्रतिसेयर आम्दानी, मूल्य आय अनुपात, तरलता अनुपातसहित) त्रैमास सकिएको एक महिनाभित्र उपलब्ध गराउनुपर्ने। बुक क्लोज गर्नुभन्दा एक हप्ताअघि नै नेप्सेलाई जानकारी दिनुपर्ने। १० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्रीसम्बन्धी निर्णयबारे तत्काल जानकारी गराउनुपर्ने। कम्पनीको सञ्चालक समिति वा सदस्यहरूको फेरबदल भएमा पनि तुरुन्तै जानकारी दिनुपर्ने। १० करोडभन्दा बढीको दायित्व वहन गर्नुपर्ने खालका मुद्दाहरूको जानकारी पनि तत्कालै नेप्सेलाई गराउनुपर्ने ।

यो कदमले सेयर बजारमा लगानीकर्ताको पारदर्शिता बढाउने र बजारलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार