Logo

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) पुस्ताले सोमबारदेखि प्रदर्शन सुरू गरेका छन्।

माइतीघर मण्डलामा भेला भएका युवाले सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द र मुलुकमा बढ्दो भ्रष्टाचारलाई प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्। आइतबार नै केही युवाले माइतीघरमै छलफल गरी प्रदर्शनको कार्यक्रम तय गरेका थिए।

कार्यक्रमअनुसार बिहान ११ बजेतिर माइतीघरबाट मार्चपास गरी नयाँ बानेश्वरसम्म पुग्ने योजना रहेको छ। आयोजक युवाले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने बताएका छन्। प्रदर्शनको क्रममा राजनीतिक भाषण नगरी नाचगान र सिर्जनात्मक गतिविधि मार्फत आफ्नो सन्देश दिने योजना सार्वजनिक गरिएको छ।

काठमाडौंसँगै पोखरा, दाङसहित देशका विभिन्न सहरमा पनि आजैदेखि जेनजी पुस्ताले समान प्रदर्शन सुरू गरेका छन्।

युवा पुस्ताको यो कदमलाई समर्थन जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत ऐक्यबद्धता जनाएका छन्।


सम्बन्धित समाचार