Logo

२३ भदौ, पोखरा । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र देशभर बढ्दै गएको बेथिति तथा भ्रष्टाचारविरुद्ध पोखरामा पनि युवाहरू (जेनजी) ले प्रदर्शन गरेका छन् ।

पोखरा सभागृह अगाडि भेला भएका युवाहरूले सिमसिमे पानीको प्रवाह नगरी भ्रष्टाचारविरुद्ध चर्का नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरूले ‘सामाजिक सञ्जाल बन्द गर्ने हैन, भ्रष्टाचार रोक’ जस्ता प्लेकार्ड बोकेका थिए । होहल्लाको बीचमा ‘भ्रष्ट नेता होसियार’ भन्ने नारा निकै जोडले गुञ्जिरहेको थियो । जेनजीको यो प्रदर्शनले देशका मुख्य सहरहरूमा भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको असन्तुष्टि बढ्दै गएको संकेत गरेको छ।


सम्बन्धित समाचार
भर्खरै