Logo

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेनजी (नयाँ पुस्ताका युवा) माथि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीहरूको समूहले प्रहरीको घेरा तोड्दै नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्न पुगेपछि स्थिति तनावपूर्ण बनेको हो । संसद भवन घेरा हालेर बोतल प्रहार गर्न थालेपछि, प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन बल प्रयोग गरेको हो ।

युवाहरूले ‘सरकार बोल्न देु, ‘देश लुट्न पाइँदैन, र ‘भ्रष्टाचारको अन्त्य’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूको मुख्य माग सामाजिक सञ्जाललाई पुनः सुचारु गर्नु र भ्रष्टाचार अन्त्य गर्नु रहेको छ ।
काठमाडौं बाहेक वीरगन्ज र पोखरा लगायतका अन्य सहरहरूमा पनि जेनजीले यस्तै प्रदर्शनहरू गरिरहेका छन्।


सम्बन्धित समाचार
भर्खरै