Logo

२३ भदौ, काठमाडौं । काठमाडौँको जिल्ला प्रशासन कार्यालयले केही निश्चित स्थानमा दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

जेनजीको प्रदर्शनका कारण बढ्दै गएको तनावपूर्ण स्थिति नियन्त्रणमा लिन यो कदम चालिएको हो।

कर्फ्यु लागू भएका क्षेत्रहरूः

नयाँबानेश्वर चोकदेखिः पश्चिम– एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म

पूर्व– मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म

उत्तरः आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म

दक्षिणः शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म

यो आदेशले प्रदर्शनकारीहरूलाई ती क्षेत्रहरूमा भेला हुन र गतिविधि गर्नबाट रोक्ने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार
भर्खरै