Logo

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकको सन् २०२४ को सर्वेक्षणअनुसार नेपालमा ६० देशबाट कुल ३ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको विदेशी लगानी आएको छ ।

यो लगानीमध्ये आधाभन्दा बढी हिस्सा अर्थात् ५० प्रतिशतभन्दा धेरै तीन देशले मात्र ओगटेका छन् । कुल विदेशी लगानीमध्ये चुक्ता पुँजीको रूपमा १ खर्ब ६८ अर्ब ६१ करोड, रिजर्भको रूपमा १ खर्ब २२ अर्ब २ करोड र ऋणको रूपमा ४८ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

नेपालमा सबैभन्दा बढी लगानी गर्ने देश भारत रहेको छ, जसको १ खर्ब ७ अर्ब ६३ करोड रुपैयाँ (३२.२ प्रतिशत) लगानी रहेको छ। त्यसपछि चीनबाट ३३ अर्ब ८२ करोड (१०.२ प्रतिशत), सिंगापुरबाट २७ अर्ब ६६ करोड (८.३ प्रतिशत), आयरल्यान्डबाट २३ अर्ब १४ करोड (७ प्रतिशत), दक्षिण कोरियाबाट २० अर्ब १८ करोड (६.१ प्रतिशत), र अस्ट्रेलियाबाट १९ अर्ब ७१ करोड (५.९ प्रतिशत) लगानी आएको छ।

अन्य लगानीकर्ताहरूमा वेस्ट इन्डिजबाट १४ अर्ब ७५ करोड (४.४ प्रतिशत), अमेरिकाबाट १३ अर्ब ८२ करोड (४.२ प्रतिशत), आइल अफ म्यानबाट ११ अर्ब ४० करोड (३.४ प्रतिशत), हङकङबाट ११ अर्ब ३ करोड (३.३ प्रतिशत) र बाँकी ५० देशबाट ४९ अर्ब ७७ करोड (१४.९ प्रतिशत) लगानी प्राप्त भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


सम्बन्धित समाचार
भर्खरै