Logo

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद भवनको २ नम्बर गेटमा आगजनी गरेका छन् ।

दमकल घटनास्थलसम्म पुग्न नसक्दा आगो तीव्र गतिमा फैलिरहेको छ । घटनास्थलमा सुरक्षाको पर्याप्त तयारी नभएको र प्रहरीसँग रहेको वाटर क्यानल (पानीको फोहोरा) पनि टाढा राखिएकाले आगो निभाउन समस्या भएको बताइएको छ । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरूले प्रदर्शन गरिरहेका बेला यो घटना भएको हो। यसअघि, प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो र सो क्षेत्रमा कर्फ्यु आदेश पनि जारी गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै