Logo

१३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको छ ।

सरकारले कर्फ्यू घोषणा गरे पनि त्यसको खासै प्रभाव देखिएको छैन । कर्फ्यु लागू हुनुअघिको तुलनामा प्रदर्शनकारीहरू थप आक्रोशित भएका छन्। संसद परिसरभित्रबाट प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा र इँटासमेत प्रहार गरिरहेको छ। प्रदर्शनकारीले संसद भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन्। प्रहरी र प्रदर्शनकारीबीचको झडप र भागदौडले गर्दा धेरै व्यक्तिहरू घाइते भएका छन्।


सम्बन्धित समाचार
भर्खरै