Logo

फाइल तस्वीर

२३ भदौ,काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

मृत्यु हुने व्यक्तिको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका निर्देशक डा. मोहन रेग्मीले दिएको जानकारी अनुसार, गोली लागेर गम्भीर घाइते भएका ती प्रदर्शनकारीलाई आपत्कालीन कक्षमा भर्ना गरिएको थियो, तर उपचारका क्रममा उनको ज्यान गएको हो।

उनको परिचय खुल्न बाँकी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

डा. रेग्मीका अनुसार हाल सिभिल अस्पतालमा ७० देखि ८० जना घाइतेको उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

जेनजी आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसहित बल प्रयोग गरेको थियो।

यस घटनाले आन्दोलनको अवस्था थप जटिल र संवेदनशील बन्ने देखिएको छ। विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै