Logo

२३ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोकमा जेनजीको प्रदर्शनका क्रममा अर्का एक व्यक्तिलाई पनि गोली लागेको छ।

गोली लागेर गम्भीर घाइते भएका उनको पहिचान खुलेको छैन । यसअघि नै प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस घटनामा नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानासहित दर्जनौँ प्रदर्शनकारीहरू घाइते भएका छन्। घाइतेहरूलाई बानेश्वर आसपासका विभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट त्यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन अझै रोकिएको छैन, जसले स्थिति थप तनावपूर्ण बनेको देखाउँछ।


सम्बन्धित समाचार
भर्खरै