Logo

२३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जेनजी (युवा) को प्रदर्शनमा सरकारले दमन गरेको भन्दै त्यसको निन्दा गरेको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले एक वक्तव्य जारी गर्दै सरकारलाई प्रदर्शनकारीमाथि थप हिंसात्मक गतिविधि नगर्न आग्रह गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टी आन्दोलनमाथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ। युवाहरूको भ्रष्टाचार तथा कुशासनविरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ।’

एकीकृत समाजवादीले प्रदर्शनकारीहरूलाई पनि आन्दोलनको गरिमा कायम राख्न आग्रह गरेको छ। ‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यसको गरिमा र जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरका आन्दोलनकारीहरूलाई आह्वान गर्दछ, वक्तव्यमा उल्लेख छ।

 


सम्बन्धित समाचार
भर्खरै