Logo

२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजी (युवा) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ। आन्दोलन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो।

मृतकहरूको पहिचान खुलेको छैन। प्रहरी स्रोतका अनुसार, सिभिल अस्पतालमा उपचार भइरहेका दुई जना घाइतेको मृत्यु भएको छ। त्यसैगरी, एक अर्का प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर घटनास्थलमै ढलेका थिए।
यसैबीच, ट्रमा सेन्टरमा पनि एक जना आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ, तर यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

 


सम्बन्धित समाचार
भर्खरै