Logo

२३ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा देशभर जेनजी (युवा) हरूले गरेको प्रदर्शन र त्यस क्रममा भएका हिंसात्मक घटनालाई ध्यानमा राख्दै यो बैठक बोलाइएको हो । आजको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौंको नयाँ बानेश्वरमा दुई जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सरकारका एक मन्त्रीका अनुसार, यस बैठकमा बानेश्वर घटना र वर्तमान परिस्थितिबारे छलफल हुने सम्भावना छ।

वर्तमान अवस्थालाई नियन्त्रणमा लिन र आगामी रणनीति तय गर्न यो बैठक महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार
भर्खरै