Logo

२३ भदौ, काठमाडौं। जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ पुगेको छ।

विभिन्न अस्पतालबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेहरूमध्ये ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा १ जना, केएमसी अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा १ जना रहेका छन् । मृतकहरुको परिचय भने खुल्न बाँकी छ । यो घटनाले आन्दोलनको गम्भीरता र जोखिमलाई उजागर गरेको छ, जहाँ सरकार र प्रदर्शनकारीबीचको झडपमा मानवीय क्षति बढेको छ।


सम्बन्धित समाचार
भर्खरै