२३ भदौ, पोखरा। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध पोखरामा भएको जेनजीको प्रदर्शनका क्रममा ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मात्रै ५ जना घाइते भएको रातोपाटीकर्मी प्रकाश ढकालले जानकारी दिए । घाइते भएकाहरूको पोखराका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। सोमबार देशभर जेनजीले प्रदर्शन गरेका छन् । काठमाडौंसँगै पोखरामा पनि प्रदर्शनले हिंसात्मक रूप लिएको छ, जसले शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनलाई देखाउँछ।















