२३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार निःशुल्क गर्न मातहतका सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले घाइतेहरूलाई कुनै पनि शुल्क नलिई उपचारको व्यवस्था गर्न भनेका हुन् । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर गरिएका बिरामीहरूलाई अर्को अस्पतालमा पुर्याउन सहजीकरण गर्न पनि आग्रह गरिएको छ ।
हालसम्म, जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ९ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।















