२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् ।
जेनजीको प्रदर्शनमा भएको दमन र मानवीय क्षतिको विरोधमा उनले सामाजिक सञ्जालमार्फत यस्तो माग राखेकी हुन् । सांसद श्रेष्ठले आफ्नो पोस्टमा लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ। तपाईंले राजीनामा दिनैपर्छ।’
उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेकी छन्, ‘नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने, नेपाल सरकार धिक्कार । ’ मृतकहरूलाई हार्दिक श्रद्धाञ्जली र घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।















