Logo

२३ भदौ, पोखरा । काठमाडौँमा भएको जेन–जी आन्दोलनको चर्को असर पोखरामा समेत देखिन थालेको छ। पोखरामा प्रदर्शनरत जेन–जी युवामाथि प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्।

प्रहरी स्रोतका अनुसार गोली लागेर गम्भीर घाइते भएका ती युवकलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेको पहिचान हालसम्म खुलाइएको छैन।

काठमाडौंमा आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको घटनापछि पोखरामा पनि स्थिति चर्किएको छ। आक्रोशित प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन्।

पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच जोरदार झडप जारी छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेको छ भने प्रदर्शनकारीहरू थप आक्रोशित बनेका छन्।

स्थानिय प्रशासनले शान्ति सुरक्षाका लागि थप प्रहरी परिचालन गरेको छ। यद्यपि प्रदर्शन रोकिएको छैन।

राजधानी काठमाडौँबाट सुरु भएको जेन–जी आन्दोलन अहिले देशव्यापी रूपमा फैलिँदै गएको छ।
विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै