Logo

२३ भदौ, काठमाडौं। जेनजी (युवा) को प्रदर्शनले उग्र रूप लिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको यो बैठक साँझ ५ बजे उनको निवास बुढानीलकण्ठमा बस्नेछ । आज बिहानै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई भेटेर सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र जेनजीको आन्दोलनबारे जानकारी गराएका थिए। त्यसपछि देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर समस्या समाधान गर्ने आश्वासन दिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस बैठकमा सरकारको कदम र आन्दोलन नियन्त्रणका लागि चालिएका उपायहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार