२३ भदौ, वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगञ्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली प्रहार भएको छ।
नेपाल–भारत सीमा नजिक रहेको वीरगञ्ज भन्सार क्षेत्रमै उनीमाथि गोली प्रहार भएको प्रारम्भिक जानकारी पर्सा प्रहरीले दिएको छ। निशा कुमारी गोलु सहनीकी छोरी हुन्।
घटनापछि उनलाई तत्काल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था सामान्य रहेको छ र उपचार जारी छ।
गोली प्रहारको कारण अहिलेसम्म स्पष्ट नभए पनि अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
घटनापछि नेपाली सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थलमा खटिएको छ भने सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।
प्रहरीले दोषीलाई छिट्टै पहिचान गरी आवश्यक कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ।
यो घटना नेपाल–भारत सीमा क्षेत्रमा पुनः सुरक्षा चुनौतीको संकेतका रूपमा लिइएको छ।
विस्तृत विवरण आउन बाँकी छ।















