२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी २१६ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, उनीहरूको उपत्यकाका सात सरकारी र निजी अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये २२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
कुन अस्पतालमा कति घाइते?
निजामती कर्मचारी (सिभिल) अस्पतालः१०० जना
ट्रमा सेन्टरः५० जना (४ जना गम्भीर)
काठमाडौं मेडिकल कलेज (केएमसी) ४१ जना (८ जना गम्भीर)
एभरेस्ट अस्पतालः ३४ जना (संख्या उल्लेख छैन)
त्रिवि शिक्षण अस्पतालस्ः२४ जना (८ जना गम्भीर)
पाटन अस्पतालः ४ जना (४ जना गम्भीर)
यस घटनाले जेनजीको प्रदर्शन र सरकारको दमनका कारण मानवीय क्षति र चोटपटकको संख्या बढ्दै गएको देखाउँछ।















