२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेन–जी आन्दोलन चर्किँदै जाँदा फेसबुक खुल्न थालेको छ। लामो समयदेखि बन्द गरिएको सामाजिक सञ्जाल फेसबुक आज अधिकांश इन्टरनेट सेवा प्रदायक (क्ष्क्ए) मार्फत पुनः खुला भएको प्रयोगकर्ताहरूले बताएका छन्।
देशभरका थुप्रै इन्टरनेट प्रयोगकर्ताहरूले फेसबुक चल्न थालेको पुष्टि गरेका छन्। तर, आइएसपी कम्पनीहरूले भने औपचारिक रूपमा यसबारे कुनै जानकारी दिएका छैनन्।
यसअघि सरकारले फेसबुक, युट्युब, एक्स (ट्विटर) लगायत २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमा रोक लगाउने निर्णय गरेको थियो। सरकारको दाबी अनुसार ती प्लेटफर्महरू नेपालमा दर्ता नभएकाले प्रतिबन्ध लगाइएको थियो।
तर उक्त निर्णयको विरुद्धमा जेन–जी पुस्ता आज देशभर आन्दोलनमा उत्रिएका छन्। सरकारले अभिव्यक्ति स्वतन्त्रता दबाएको भन्दै उनीहरूले सडकमा विरोध जनाइरहेका छन्।
प्रदर्शन चर्किंदै गएपछि फेसबुक खुल्न थालेको सन्देश आएसँगै धेरैले यसलाई आन्दोलनको प्रभावका रूपमा हेरेका छन्। यद्यपि, यो प्राविधिक अस्थायी खुलापन हो वा स्थायी रूपमा खोलिएको हो भन्ने पुष्टि भइसकेको छैन।
सरकार र सम्बन्धित निकायबाट यसबारे कुनै आधिकारिक स्पष्टीकरण आउन बाँकी छ।

















