२३ भदौ, काठमाडौं । जेन–जी आन्दोलन चर्कंदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको भूमिका अमानवीय भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
‘जनतासँग माओवादी ः मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूले अनौपचारिक बैठक गरी प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका हुन्।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले दिएको जानकारीअनुसार, “सरकारले ताकी ताकी गोली हानेको छ, यो हत्या नभई नरसंहार नै हो। सुरुमा हेलचक्र्याइँ ग¥यो, पछि गोली चलायो।”
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव लगायतका शीर्ष नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किंदैछन्।
माओवादी नेताहरूको धारणा छ कि जेन–जी आन्दोलनमा सरकारले जुन कठोरता र अमानवीयता देखायो, त्यसले परिस्थिति भयावह बनाएको छ। सोही कारण प्रधानमन्त्री ओलीले राजीनामा दिई वातावरण सहज बनाउन सहयोग गर्नुपर्ने माग उनीहरूले गरेका छन्।
जेन–जी प्रदर्शनका क्रममा हालसम्म १६ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। दर्जनौं घाइते अस्पतालमा उपचाररत छन्।
माओवादी केन्द्रले प्रदर्शनमा भएको रक्तपातलाई ’नरसंहार’ को संज्ञा दिँदै सरकारको कडा आलोचना गरेको छ।















