२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
उपचारको क्रममा ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १७ पुगेको अस्पताल स्रोतले जनाएको छ । यससँगै ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसबाहेक, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना प्रदर्शनकारीको मृत्यु भएको छ । गम्भीर घाइते भएकाहरूको उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको हो ।















