Logo

२४ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि उत्पन्न तनावपूर्ण स्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।

प्रधानमन्त्रीले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि यो बैठक बोलाउनुभएको हो। सोमबार राजधानीसहित देशका विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हिंसा कुनै पनि रूपमा राष्ट्रको हितमा नहुने बताउनुभएको छ। उहाँले शान्तिपूर्ण माध्यमबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्रीको अपिलमा भनिएको छ, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु।

सरकारले जेनजी पुस्ताको आन्दोलनमा गरेको दमनको विरोधमा आज आन्दोलन झन् चर्किरहेका बेला प्रधानमन्त्रीको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठक आज साँझ ६ बजे बस्ने बताइएको छ।


सम्बन्धित समाचार