२५ भदौ, काठमाडौँ । राजधानीको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले मंगलबार राति नियन्त्रणमा लिएको छ।
नेपाली सेनाका अनुसार पछिल्लो असामान्य परिस्थितिको अनुचित फाइदा उठाउँदै बैंक लुटपाट गर्ने प्रयासमा उनीहरू संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। घटनास्थलमै खटिएको सेनाले तत्काल कारबाही गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
सेनाले पक्राउ परेकाहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। साथै, यस प्रकारका आपराधिक तथा अराजक गतिविधिमा संलग्न हुनेप्रति कडा निगरानी राखिने र कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।















